पिन नम्बर र व्यक्तिगत विवरण कसैलाई नभन्न एनसेलको अनुरोध

काठमाडौं।

आफ्ना ग्राहकलाई उच्च सेवाको अनुभव प्रदान गर्ने अभिप्रायका साथ देशकै प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी  एनसेलले आफ्नो एनसेल एप प्रयोग गर्ने ग्राहकलाई एप एक्टिभेट गर्ने पिन कोड लगायतका व्यक्तिगत विवरण अरुलाई नभन्न रनदिन अनुरोध गरेको छ । कम्पनीले विकास गरेको एनसेल एपको माध्यमबाट केही व्यक्तिले ग्राहकलाई झुक्याई दुरुपयोग गरेको जानकारी आएकोले एनसेलले ग्राहक सचेतनाका लागि ग्राहक आफैले विभिन्न सेवा लिन तथा तिनको आवश्यकता अनुसार प्रभावकारी व्यवस्थापन गर्न सकुन् भनेर यस्तो अनुरोध गरेको हो ।

‘एनसेल एप रग्राहकको व्यक्तिगत अकाउन्ट (खाता) व्यवस्थापनका लागि हो । यो नितान्त व्यक्तिगत हुन्छ । त्यसैले एपको एक्टिभेसनका लागि प्राप्त हुने पिन नम्बर ग्राहकले गोप्य राख्नु पर्छ रभने कसैले मागेमा पनि दिनु हुँदैन’, एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । पिन नम्बर जस्ता संवेदनशील विवरण कम्पनीले पनि ग्राहकसँग फोन गरेर नमाग्ने जानकारी दिंदै उनले कसैले एनसेलको नाम लिई ग्राहकसँग एनसेल एपको पिन वा अन्य कुनै पनि व्यक्तिगत विवरणको जानकारी माग गरेमा कुनै पनि जानकारी नदिन र एनसेललाई ९००५ मा फोन वा ईमेल गरी जानकारी दिन पनि आग्रह गरेका छन् ।

एनसेलले आफ्ना ग्राहकसँग आधिकारिक नम्बरबाट मात्र सम्पर्क गर्ने जानकारी पनि ग्राहकलाई दिएको छ । ‘एनसेल भनेर कम्पनीको नामैबाट आउने एसएमएसमा कुनै नम्बर नदेखिने र ९८०५५५, जसको पछाडीको चार वटा नम्बर फरक हुन सक्नेमात्रै एनसेलका आधिकारिक एसएमएस र कल हुन् । अन्य नम्बरबाट आउने एसएमएस वा कल कम्पनीबाट गरिएका होईनन् । यसमा चनाखो हुन अनुरोध गर्दछौं’, शर्माले भने । कम्पनीले उपहार वा बोनस वा अन्य लाभ पाउनका लागि भनेर ग्राहकलाई कहिले पनि बैंक वा अन्य कतै पनि पैसा जम्मा गर्न नलगाउने शर्माले बताए ।