एनसेलले प्रिपेड ग्राहकका लागि ल्यायो नाइट भ्वाइस प्याक

काठमाडौं । 

आफ्ना ग्राहकलाई उच्च सेवाको अनुभव प्रदान गर्ने अभिप्रायका साथ देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना प्रिपेडग्राहकका लागि ‘नाइट भ्वाइस प्याक’ योजना ल्याएको छ । यस अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले एनसेलको नम्बरमा अब कर बाहेक मात्र १२ पैसा प्रति मिनेटको अति सुलभ दरमा रात्री कल गर्न सक्छन् ।

उक्त योजना यहि सोमबार ९माघ १८० बाट लागु हुनेछ । योजनामा ग्राहकले ६० मिनेट अन–नेट टक टाइम रहेको रात्रीकालिन भ्वाईस प्याक कर बाहेक रु ७ मा खरिद गर्न सक्छन् । अर्थात्, रातको समयमा प्रति मिनेट कर बाहेक लगभग १२ पैसामा एनसेलको नम्बरमा कुरा गर्न सक्छन् ।नाइट भ्वाइस प्याकको समयावधि २४ घण्टासम्म मान्य रहेको छ र प्याक अन्र्तगतको टक टाइम एनसेल नेटवर्क भित्र राति १० बजे देखि बिहान ६ बजे सम्मप्रयोग गरर्न सकिनेछ ।

एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले यस योजनामा सहभागी भई प्याक अन्तर्गको सुविधाको लाभ लिन सक्छन् । ग्राहकले १७१०६ मा डायल गरी प्राप्त जानकारी अनुसार नाइट भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यसैगरी अंग्रजीको ए ९ब्० टाइप गरी १७१०६ मा एसएमएस पठाएर पनि प्याक लिन सकिन्छ ।ग्राहकले पनि एस्ट्रिक्स ९०१ ह्यास डायलगरी आफ्नो बाँकी टक टाइमको जानकारी लिन सक्छन् । नाइट भ्वाइस प्याकको समयावधि वा टक टाइम सकिएपछि विद्यमान रात्री शुल्क लागु हुनेछ ।

“दैनिक र साप्ताहिक भ्वाईस प्याक पछि यो रात्रिकालिन भ्वाइस प्याक ल्याउन पाउँदा हामी हर्षित भएका छौं। यसले हाम्रा प्रिपेड ग्राहकलाई रातको समयमा अति सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन सहज बनाएको छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । एनसेलले सुलभ दरमा गुणस्तरिय सेवा उपलब्ध गराउने प्रतिबद्धता बमोजिम यो योजना ल्याएको उनले जानकारी दिए ।

एनसेलले प्रिपेड ग्राहकका लागि कहि समय अघि दैनिक र साप्ताहिक भ्वाईस प्याक ल्याएको थियो, जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक वा साप्ताहिक भ्वाईस प्याक लिई कर सहित क्रमशः रु १ प्रति मिनेट र ८६ पैसा प्रति मिनेटमा कुरा गर्न सक्छन् । ग्राहकले भ्वाइस प्याक र नाइट भ्वाइस प्याक दुवै खरिद गर्दा, रात्रीकालिन कलमा पहिला नाइट भ्वाइस प्याक प्रयोग हुनेछ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो नाइट भ्वाइस प्याक लिन सक्छन् । एक भन्दा बढि पटक प्याक किन्दा टक टाइम पनि सोहि अनुसार बढ्दै जाने र समयाबधि पनि पछिल्लो पटक प्याक किन्दाको समयानुसार बढ्ने छ ।