देशको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल

काठमाडौं । 

एनसेल प्रा.लि.ले नेपालमा सन् २००४ देखि देशको पहिलो निजी मोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ ।
“हामी देशभित्रका बासिन्दाहरूलाई उत्तम स्थानीय मोबाइल नेटवर्क उपलब्ध गराउनमा प्रतिबद्ध छौं । हामी स्थानीय अनुभूतिसहित अन्तर्राष्ट्रिय गुणस्तरको सेवा उपलब्ध गराउँछौं । हाम्रा अधिकांश कर्मचारीहरू नेपालीहरू नै हुन र हाम्रा सेवाहरू स्थानीय समुदायको आवश्यकतालाई पूरा गर्ने गरी तयार पारिएका छन् ।“

एनसेलले २००८ को अक्टोबरदेखि युरोपको अग्रणी दूरसञ्चार कम्पनी टेलियासोनेराको अंगको रूपमा सेवा सञ्चालन गरिरहेको छ । टेलियासोनेरा नर्दिक र बाल्टिक देशहरूसहित युरेसिया र स्पेनका उदाउँदा बजारहरू लगायतका २० भन्दा बढी बजारहरू र ४६ करोड जनसंख्याबीच सञ्चालन भइरहेको छ ।

टेलियासोनेराले व्यक्ति तथा कम्पनीहरूलाई सरल, प्रभावकारी र वातावरणमैत्री ढंगबाट सञ्चार सम्बन्ध कायम गर्न नेटवर्क पहुँच तथा दूरसञ्चार सेवा उपलब्ध गराउँदछ । टेलियासोनेराले ग्राहकवर्गलाई विश्वस्तरीय अनुभव उपलब्ध गराएर तथा हाम्रा नेटवर्कमा गुणस्तर र सबैभन्दा उत्तम वर्गको लागतमुखी संरचना हासिल गर्दै मूल्य सिर्जना गर्दछ । टेलियासोनेरा विश्वव्यापी रणनीति भएको अन्तर्राष्ट्रिय समूह हो, तर जहाँ पनि यो सञ्चालन हुन्छ, स्थानीय कम्पनीका रूपमा यसले काम गर्दछ ।

टेलियासोनेराको सहयोगसहित एनसेलले निरन्तर सेवाक्षेत्र विस्तार, गुणस्तरमा सुधार र नयाँ प्रभावकारी तथा नेपालका नागरिकहरूका लागि सहज रूपमा प्रयोग गर्न सक्ने सेवाहरू ल्याइरहेको छ ।

उच्च गुणस्तरीय, आधुनिक, किफायती सेवा प्रदान गरी हामी हरेक नेपाललाई एनसेल सञ्जालमार्फत एकआपसमा जोड्ने तथा हाम्रा ग्राहक र साझेदारहरूका लागि मूल्य सिर्जनागर्ने लक्ष्य पूरा गर्नका लागि निरन्तर लागिरहेका छौं ।

एनसेल ब्राण्ड टेलियासोनेरा कम्पनीहरूको समान ब्राण्ड छविअन्तर्गत ल्याइएको हो । नवीन आविष्कारहरूका सीमितताहरू, दूरसञ्चार सेवाको अभिवृद्धि र हाम्रा उपभोक्ताको लाभका लागि मोबाइल बजारलाई अझ बढी प्रतिस्पर्धी बनाउने हाम्रा साझा चुनौतीहरू रहेका छन् । हामी उच्चस्तरीय नेटवर्कहरूको निर्माण तथा नेपालका दुर्गम क्षेत्रका बासिन्दाहरूलाई सञ्चारको पहुँचभित्र ल्याई देशको अर्थतन्त्र र पूर्वाधारमा योगदान दिइरहेका छौं ।