एचपीले ल्यायो १४ इन्चको एन्ड्रोइड ल्यापटप

काठमाडौं । 

एन्ड्रोइड प्रेमीहरुका लागि खुसीकाे खबर । ५ इन्चकाे फुल डिस्प्ले भएका स्मार्टफाेन वा १० इन्च डिस्प्लेका ट्याब्लेट चलाउन पाउनु तपाईका लागि प्रतिष्ठाकाे विषय बन्न सक्छ । तर तपाइले अब याे भन्दा पनि ठूलाे स्किृनमा एन्ड्राेइड एप्लिकेशन चलाउने अवसर पाउनुहुने भएकाे छ । एचपीले भर्खरै एउटा ल्यापटप बनाएकाे छ, जुन एन्ड्राेइड सिस्टमबाट सञ्चालन हुन्छ, जसकाे नाम हाे  स्लेटबुक १४ ।

यसले एन्ड्रोइड प्रेमीलाई फुल टचस्किृन सहितको १४ इन्चको ठूलाे डिस्प्ले प्रदान गर्दैछ । यसकाे विकाससँगै एन्ड्रोइडका पार्टहरुलाई मोबाइलमा मात्रै होइन ल्यापटपमा पनि एक्टिभेट गर्न सकिने अवस्था अाएकाे छ । जसका लागि तपाइले पाउनु हुनेछ १ जिबी र्‍याम र १६ जिबीको इएमएमसी ड्राइभ । यसले तपाइका फाइल, एप्लिकेशन र डाटालाई स्टोर गर्नेछन् ।

निभिडिया टेग्रा फोर क्वाड कोर प्रोसेसरबाट सञ्चालित स्याेलेटबुकमा  एन्ड्रोइड ४.३ जेलिविन रहेकाे छ । नेपाली बजार मूल्य करिब ४० हजार रुपियाँ हुने याे नाेटबुक १६ मिलिमिटर बाक्लो र ३.७५ पाउन्ड बराबरको तौलमा उपलब्ध हुनेछ । टोटल ब्याट्री लाइफ ९ घण्टा २५ मिनेट वा सो भन्दा बढी हुने दाबी कम्पनीकाे छ । यसमा एचडिएमआइ पोर्टका अतिरिक्त २ वटा युएसबी पोर्ट रहेका छन् ।

समग्रमा यो स्लेटबुक एन्ड्रोइड प्रेमीहरुलाई लक्षित गर्दै ल्याइएको हो । स्मार्टफोन र ट्याब्लेटका सिमित सुविधाका कारण प्रयोगकर्ता थप विकल्पको पक्षमा रहेकाे एचपीले बुझेको हुनुपर्छ । यति मात्रै नभई एचपी जहिले पनि डिभाइस निर्माण गर्दा कस्टमाइज्ड ओएसको पक्षमा उभिदै आएको छ । त्यसैले पछिल्लो नतिजा हो, एन्ड्रोइड ओएसको स्लेटबुक १४ । क्रोमको विकल्पमा एन्ड्रोइड प्रयोग गरेर ल्याइएको यो नोटबुकले उपभोक्ताको मन जित्न सक्छ वा सक्दैन भनेर थाहा पाउन अझैं केही समय पर्खिनै पर्छ ।