आइसिटी व्यवसायी विश्व राम बलामी आइटी अवार्ड–२०७३” द्धारा सम्मानित

can general secretary1

काठमाडौं, साइवर थ्रेट, साइवर अपराध र साइवर अपराध बिरुद्धको अभिायान भन्ने सन्देश सहित आइसिटी पत्रकार विकास मञ्चद्धारा प्रकाशित साइवर आइसिटी इन्फो पत्रिकाको विमोचन र बैकिङ क्षेत्रमा बढ्दो साइवर थ्रेट र साइवर सुरक्षाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम डा. रामशरण महतको प्रमुख आतिथ्यतामा साउन ७ गते शुक्तबार काठमाडौंमा सम्पन्न भएको छ ।

पूर्वअर्थमन्त्री डा रामशरण महतले आइसिटी पत्रकार विकास मञ्चद्वारा प्रकाशित “साइबर आइसिटी इन्फो” को विमोचन गर्दै पछिल्लो पटक प्रविधिको विकाससँगै साइबर अपराध बढ्दै गएको हुँदा त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
अवार्ड सम्मान २०७३ द्धारा युवा आइसिटी व्यवसायी विश्व राम बलामी लाई प्रदान गरिएको छ । बलामी २ दशकदेखि सूचना प्रविधि व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशील रहदै आउनुभएको छ भने हाल उहाँ क्यान महासंघको महासचीव रहेर आइसिटी व्यवसायी क्षेत्रको विकासको लागि सामाजिक तवरले विशेष योगदान पुर्याइरहनुभएको छ ।