अनधिकृत रुपमा एटिएम कार्डबाट रकम निकाल्ने बुल्गेरियन नागरिक पक्राउ

काठमाडौं, २६ भदौ
एटिएम कार्डबाट अनधिकृत रुपमा रकम निकाल्ने कार्यमा संलग्न राहदानी नम्बर ३८४०३८०७८ बाहक बुल्गेरियन नागरिक २३ वर्षीय मिटको स्टोयानोभ मिटेभलाई होटल बुद्ध चाक्सीबारी मार्ग ठमेलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
कार्ड स्किमिङ डिभाइस, काउन्टरफिट एटिएम कार्ड लगायतका उपकरण प्रयोग गरी एटिएम बुथबाट रकम झुक्तानी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले अबैध एटिएम कार्ड १ सय २८ थान, नेपाली नगद ४ लाख ४० हजार रुपैयाँ, अमेरिकी डलर २०, मोबाइल १ थान, ल्यापटप १ थान, कार्ड स्किमर १ थान सहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ प्रतिवादीलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान कार्य भइरहेको उक्त व्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here